गायिका सम्झनाले ल्याईन नयाँ गीत मनमा…


ब्युटी न्युज नेपाल
काठमाडौं, १ भदौ

गायिका सम्झना ओलीले आफ्नो स्वरमा नयाँ गीत ‘मनमा…’ को भिडियो दर्शकमाझ ल्याएकी छिन् । गीतमा स्वर सँगसँगै शब्द तथा कम्पोजिसनसमेत ओली आफ्नै रहेको छ । विजय दंगालको निर्देशनमा भिडियो निर्माण गरिएको हो ।

यो गीतको भिडियोमासमेत गायिका ओली आफैँ देखिएकी छिन् । भिडियोलाई कमल सुवेदीले खिचेका छन् । जसमा सम्पादनसमेत सुवेदी आफैँले गरेका छन् । भिडियोमा दीपक गौतमको लगानी रहेको छ ।