नितिनले ल्याए ‘कसम हो कसम’


ब्युटी न्युज नेपाल
काठमाडौं, १ भदौ

गायक नितिन गजुरेलले नयाँ गीत ‘कसम हो कसम’ को भिडियो सार्वजनिक गरेका छन् । नितिनलाई गीत गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् । सार्वजनिक गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज बिश्वकर्माको संगीत छ ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा बिष्णु खड्का सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो ।
मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र नग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा आकर्षक रुपमा प्रेमकथा देखाउन खोजिएको छ ।