बरिष्ट ब्युटिसियन सोनी कारंजितको अध्यक्षतामा लायन्स क्लब अफ काठमाडौँ अभियान गठन


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० साउन

लायन्स क्लब अफ काठमाडौँ अभियानको गठन भएको छ । बरिष्ठ ब्युटिसियन एवम् रोज सिप विकाश तालिम केन्द्र रविभवनकी अध्यक्ष सुन्दरी कारंजित (सोनी)को अध्यक्षतामा यो क्लबको गठन शनिबार काठमाडौंमा एक समारोहबीच भएको हो । कारंजितको अध्यक्षतामा गठिन लाइन्स क्लब अफ काठमाडौँ अभियानमा ३७ सदस्य कार्यसमिति रहेको छ । नवगठित लाइन्स क्लब अफ काठमाडौँ आधारको स्पोन्सरसिपमा गठित लाइन्स क्लब अफ काठमाडौँ अभियान कार्यक्रमको प्रमुख अतिथि सेकेण्ड भीडिजी लायन मनिश्री रत्न बज्राचार्य लागायतले बिशेष अतिथिहरुले उद्घाटन गरेका थिए ।

करिब तीन घन्टाको प्रशिक्षण पश्चात नवगठित कार्यसमितिलाई अतिथिका तर्फबाट लायन्सको पिन सहित माला र खादा लगाएर स्वागत गरिएको थियो ।

चार्टर प्रेसिडेन्ट सुन्दरी कारंजित (सोनी) को अध्यक्षतामा गठित लाइन्स क्लब अफ काठमाडौँ अभियानको नव कार्यसमितिको प्रथम उपाध्यक्षमा मोडल शिलाष्मा हमाल, उपाध्यक्षमा गायिका बिष्णु माया पौडेल, सचिब प्रमिला कटुवाल, कोषाध्यक्ष गीता राई रहेका छन् । यस्तै सदस्यहरु डब्बु क्षत्री, सुर्य चन्द, सरिता भारती, अमुल श्रेष्ठ, परिशी कारंजित, राजु गुरुङ, सुन्दर थापा, नविना अधिकारी, सिर्जना कुँवर, मिना पौडेल, शिवानी भण्डारी, ममता दाहाल, लक्ष्मन महर्जन, जिना बैध, उदय श्रेष्ठ, अञ्जना श्रेष्ठ, रमेश केसी, विभा भट्टराई, गीता शेर्पा, दिव्या सैंजु, उम् बहादुर पाइजा पुन, ज्योती घिमिरे, नविना श्रेष्ठ,देबी महर्जन, रमा कुमारी तिमल्सिना, मंजु श्रेष्ठ, गीता आले मगर, जेनी श्रेष्ठ, नविना श्रेष्ठ, जेस्मी श्रेष्ठ, भावना बिष्ट रहेका छन् ।

लायन्स क्लब अफ काठमाडौं आधारको स्पोन्सरमा यो नयाँ क्लब गठन भएको सो कार्यक्रममा चार्टर प्रेसिडेन्ट सोनी कारंजितले बताईन् । मन र बचनले सामाजिक सेवामा लाग्ने प्रण सहित आफुहरुले यो क्लब सुरु गरेको बताउँदै नव चार्टर प्रेसिडेन्ट सोनी कारंजितले नव गठित सम्पूर्ण पदाधिकारीलाई बधाई समेत ज्ञापन गरिन् ।

सो क्रममा सेकेण्ड भीडिजी लायन मनिश्री रत्न बज्राचार्यले नवगठित लायनहरुलाई अभिमुखीकरण प्रशिक्षण दिए । उनले लायन्स क्लबको स्थापना देखि अहिलेसम्मको अबस्थाबारे सबैलाई जानकारी गराए ।

लाइन्स क्लब अफ काठमाडौँ आधारकी अध्यक्ष गेल्मु शेर्पा बुढाथोकीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा आधारबाट छुटेर नयाँ क्लब गठन गरेकोमा बुढाथोकीले सबैलाई बधाई ज्ञापन गरिन् । अभियान सहित आधारबाट तीन वटा क्लब हालै खुलेकोमा उनले खुसी समेत व्यक्त गरिन् ।

कार्यक्रममा विशेष अतिथिहरुमा पीडिजी एन सी एफ फाउण्डर चिफ गौतम मान श्रेष्ठले नेपालमा लायन्स क्बलको बारे अभियानका नवलायनहरुलाई बताए । यस्तै डिस्ट्रिक को–चिफ सल्लाहकार सुमन भट्टले लायनहरुको काम कर्तव्य र अधिकारबारे कार्यक्रममा बोध गराए ।

सो कार्यक्रममो बोल्दै डिपार्टमेन्ट चिफ निर्मल कुमार श्रेष्ठले लायन्स क्लबको बारेमा प्रकाश पारेका थिए । कलस्टर चिफ तारा भुसालले सबैलाई बधाई ज्ञापन गर्दै आफुहरु अब हातेमालो गर्दै अघि बढ्नु पर्छ भनिन् ।

कार्यक्रमलाइ लाइन्स क्लब अफ काठमाडौँ आधारकि प्रथम उपाध्यक्ष तथा फेशन डिजाइनर ईन्ता श्रेष्ठले संचालन गरेकी थिइन् । सो कार्यक्रममा कलस्टर चिफ मन कृष्ण श्रेष्ठ, रिजन चेयरपर्सन रेश्मा श्रेष्ठ, जोन चेयरपर्सन धानु सिंजाली, लायन प्रमिला लामिछाने र लायन बिष्णु पाण्डेले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरे ।