भोजराजको गल्ती मेरै होमा अजित र अन्जलीको जोडी


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

गायक भोजराज काफ्लेले नयाँ लोक भाका गल्ती मेरै हो…को भिडियो सार्वजनिक गरेका छन् । यो गीतमा भोजराजलाई गायिका बिन्दु विसीले युगल स्वरमा साथ दिएका छन् । यो लोक दोहोरी भाकालाई भोजराज आफैंले लेखेका हुन् । जसमा सँगीतमा गायक भोजराजकै रहेको छ ।

गीतमा गायक काफ्लेसँगै जीवन दाहाल, बिन्दु बिसी र रोशनी रसाईलीको स्वर रहेको छ । यो गीतको भिडियोलाई फुलवारी म्युजिकको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

गीतको भिडियो पनि गायक भोजराज काफ्लेकै निर्देशनमा तयार गरिएको छ । रोशन दर्लामीले खिचेको यो गीतको भिडियोमा अजित अधिकारी, अञ्जली श्रेष्ठ र सञ्जिव थापाको मुख्य भूमिका छ । भिडियोमा पूर्ण पँगेनी, रिसब ढुँगेलको पनि अभिनय रहेको छ । अजित र अन्जलीको अभिनय निकै राम्रो छ ।

यो गीतको भिडियोलाई प्रदीप दाहालले सम्पादन गरेका हुन् । बैदेशिक रोजगारमा श्रीमान गएको बेला घरमा रहेकी श्रीमतीले अन्य युवासँग सम्बन्ध राखेर श्रीमानलाई पीडित बनाएको कथा यो गीतको भिडियोमा समेटिएको छ । अजित अधिकारीको कथामा आधारित भनिएको यो गीतको भिडियो मार्मिक बनेको छ ।