काठमाडौं स्थित कपनकी मोडल ममता बस्नेत पछिल्लो एक वर्षमा विभिन्न फेशन शोमा ¥याम्पमा छाउन थालेकी छिन्। १७ माघमा काठमाडौंका आई क्लबमा हुने ‘फेशन यात्रा’मा क्याटवाकको तयारमा रहेकी उनी पछिल्लो पटक ‘क्रिसमस नाईट फेशन शो एन्ड सिवानी–२०१८’ मा प्रस्तुत भएकी थिईन्।

यी मोडल सौन्दर्य प्रति निकै सचेत छिन्। आफ्नो छाला निकै कोमल भएकाले यसलाई जोगाउन आफुले सोही अनुसारको कस्मेटिक र मेकअप सामग्री प्रयोग गर्दै आएको ममताले बताईन् । घरबाट बाहिर निक्लनु अघि सन ब्लक क्रिम लगाएर त्यसमाथि मेकअप गर्ने गरेको उनले बताईन्।

काठमाडौंको न्युटन कलेज चाबहिलमा बिएसडब्लु दोस्रो वर्षमा अध्ययनरत उनले आधा दर्जन फेशन शोमा मोडलिङ गरिसकेकी छिन् । कायर बुटिकको फेशन शोबाट मोडलिङ यात्रा सुरु गरेकी ममताले विभिन्न उत्पादनको पेपर एड गरेकी छिन्। बानेश्वरको ए एच टी आई.बाट तीन महिनाको एयर होस्टेज बेसिक ट्रेनिङ सम्पन्न गरेकी उनी मोडलिङसँगै एयर होस्टेज पेशामा पनि आउन चाहिन्छन्।

अहिलेसम्म राम्रो भएको छ । मोडलिङ क्षेत्रमा मान्छेहरु राम्रा हुन्नन् भन्ने सुने पनि यो क्षेत्रमा आएपछि राम्रा मासिनको सँगत भएको उनले बताईन् । कोरियोग्राफर धिरज तण्डुकारले आफुलाई मोडलिङमा ल्याएको पनि यी मोडलले बताईन्।

प्रेमको बारेमा सोध्दा उनले भनिन्,‘म कसैको प्रेममा परेको छु। अहिलेलाई यती नै भनौं ।’ नेपाली चलचित्र चलचित्र मन पराउने उनी फिल्म खेल्न चाहन्छिन् । राम्रो फिल्मबाट प्रस्ताव आएमा आफु सिनेमामा आउने उनले बताईन्।

पार्टीमा वाईन र वियर पिउन रुचाउने उनीलाई ब्वाईफ्रेन्डसँग घुम्न मन पर्छ। ब्वाईफ्रेन्डसँग हुँदा आफुलाई सुरक्षित महसुस हुने गरेको ममताले बताईन्।