रचनालाई जाउँ न कान्छी जाउँ भन्दै अनिस


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ साउन

गायक अनिस अधिकारीले रचना रिमालसँग युगल स्वरमा नयाँ गीत ‘जाउँ न कान्छी जाउँ’ को भिडियो दर्शकमाझ ल्याएका छन् । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

यो गीतको भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुँगानाको अभिनय छ । भिडियोमा टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई उतारिएको छ । भिडियोमा सुधिर र गीताको केमेस्ट्री सुहाएको देखिन्छ ।

सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अरुण थापा मगरद्वारा निर्मित भिडियोका सह–निर्माता आर्यन कार्की हुन् । अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । यो ब्यानरले निर्माण गरेको चलचित्र ‘गणपति’ प्रदर्शनको पखाईमा रहेको छ ।

यूट्युबमा रिलिज भएसँगै ‘जाउँन कान्छी जाउँ’ गीतलाई दर्शकले रुचाएका छन् । गायक अनिस अधिकारीले गीतको अडियो अनुसार भिडियो तयार भएकोमा खुसी व्यक्त गरे । भिडियोमा सुधिर र गीतको नृत्यले दर्शकको ध्यान खिच्छ ।