तिमी आउने जाने भन्दै पुजा शर्मा


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ साउन

 नायिका पुजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको युगल स्वर रहेको गीत ’तिमी आउने जाने’मा पुजा शर्मा र सर्वाधिक हिट गीत फुलबुट्टे सारीका मोडेल आनन्द सिंहको अभिनय रहेको छ ।

टंक बुढाथोकी शब्द ,संगीत रहेको गीतको भिडियोमा पुजा शर्मा र आनन्द सिंहको केमिस्ट्री जमेको देखिन्छ । सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आनन्दले अभिनयमा कुनै कसर बाकी राखेका छैनन ।

निर्देशकले उनको अभिनय कलालाई मज्जाले भिडियोमा उतार्न सफल भएका छन। भिडियोलाई गायक तथा अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन । पर्यटकीय स्थल कालिञ्चोकको रमणीय स्थलमामा छायांकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन, बिकास दाहालको सम्पादन गरेका हुन । टंक बुढाथोकीको युट्युब च्यानलबाट सार्वजनिक भिडियोलाई रिलिज भएसंगै रफ्तार लिदै छ ।