आज शनिबार ३१०६ सँक्रमित, थप २३ को कोरोनाबाट निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ साउन

नेपालमा आज शनिबार ३ हजार १०६ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट १३ हजार ५१९ को परीक्षण गर्दा ३ हजार १०६ सङ्क्रमित पुष्टी भएको हो । जसमध्य काठमाडौँ उपत्यकामा ७७५ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । नेपालमा सङ्क्रमणदर १९.३ प्रतिशत रहेको छ । नेपालमा योसँगै हालसम्म कोरोना सँक्रमितको सँख्या कूल ७ लाख ५६ हजार ७३९ जना पुगेको छ ।

कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टामा २३ जनाको निधन भएको छ । आज निधन भएकासँगै नपालमा कोरोनासँक्रमणबाट हालसम्म ९ हजार ८५७ जना पुगेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ पुगेका छन् । मन्त्रालयका अनुसार ती मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेत रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २१ पुगेका छन् ।

यसैगरी सघन उपचारकक्ष (आइसीयू)मा ७०६, भेन्टिलेटरमा १६६, होम आइसोलेशनमा २८ हजार २५४ र संस्थागत आइसोलेशनमा तीन हजार १०१ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा १ हजार ९१६ जना कोरोना सँक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ६ लाख ५४ हजार १७७ ले कोरोना जितेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।