आज नेपालमा ३३६५ जनालाई कोरोना, सँक्रमणबाट थप १६ जनाको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ साउन,

नेपालमा आज बिहिबार ३ हजार ३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ५५५ पीसीआर परीक्षणमा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन् । जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सँख्या ९ हजार ८०७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना मुक्त हुनेको सँख्या ६ लाख ५० हजार ४४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९७, झापामा २७२, कास्कीमा २४८, सुनसरीमा १७०, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै चितवनमा ९६, मोरङमा ७२, मकवानपुरमा ६६, नवलपरासी पुर्वमा ५६, नुवाकोट र तनहुँमा ४५÷४५ र रुपन्देहीमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

गोरखामा ३१, कैलालीमा २७, दाङमा २६, बागलुङमा २०, सुर्खेतमा १७, धनकुटामा १५, पाल्पामा १४, जुम्लामा १३, सिन्धुपाल्चोकमा १२, सिन्धुलीमा ११ तथा सर्लाही, काभ्रेपलाञ्चोक र अर्घाखाँचीमा १०÷१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।