दर्गा र रविनको तीज गीतमा करिश्मा र लोमसको छमछमी


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

नजिकिँदै गएको तीज पर्वलाई लक्षित गरेर एकपछि अर्को गर्दै थुप्रै तीज भाकाहरु बजारमा आएका छन् । यही मेसोमा गायिका दुर्गा सापकोटाको नयाँ तिज गीत ’जिन्दगानी’मा सार्वजनिक भएको छ ।

यो गीतमा गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको छ । गीतलाई गायक लामिछाने आफैले लेखका हुन् । गीतमा विश्वास नेपाल एरेन्ज गरेको हुन् ।

तको भिडियो निकै रमाईलो बनेको छ । जिन्दगानी गीतको भिडिओमा करिश्मा ढकाल र लोमस शर्माले अभिनय गरेका छन् । उनीहरुको नृत्य निकै उर्जावान छ ।

काजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् । जसमा सम्पादन दिपक विष्टको रहेको छ ।