ब्युटी न्युज नेपाल
काठमाडौं, ८ साउन

नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । सलोन सालीना फिल्म्स को ब्यानरमा बि एम एच डि टेलेभिजनको प्रस्तुती रहेने गरी यो सृँखला तयार गरिएको हो । प्रस्तुत सिरिजको कार्यकारी निर्मातामा अभिनेता सलोन बस्नेत रहेका छन । बिएमएचडि टेलेभिजन नै निर्माताको रुपमा रहेको छ । सुरेश न्यौपानेको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ,एलिस्टा सुवेदी, सृष्टि तिमिल्सिना,मनीषा ओझा, ओजस्वी थापा सन्तोष गिरी लगाएतको अभिनय छ ।

सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, आकाश बुठाथोकि सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ । बुढासुब्बा डिजिटल युटुबमा प्रसारण हुनेछ ।

नेपाली चलचित्र र थुप्रै मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको बि एम एच डि टेलिभिजन ले सातै दिन नयाँ नयाँ सिरिजका साथै चलचित्रहरु प्रसारण गर्दै आएको छ ।उक्त्त सिरिज साउन ७ गते बाट प्रशारण सुरु भएको छ । अब प्रेत्यक बिहिबार ७ः०० प्रसारण गर्ने छ साथै सोही दिन राती ७ः३० बजे बुढा सुब्बा डिजिटल को आधिकारिक युटुब च्यानल बाट पनि प्रसारण गरिने छ ।