राजु र सम्झनाको नजाउ पियारी


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

यो वर्षको हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै छ । यसै क्रममा तीज गीत भिडियो सार्वजनिक हुने क्रम पनि बढेको छ । गायक राजु परियार, सरोज लामिछाने र गायिका जानुका लामिछाने निरौलाको स्वरमा नयाँ तीज भाका ‘नजाऊ पियारी…’ को भिडियो बजारमा आउको छ । यो गीतमा जानुका लामिछाने निरौलाको शब्द रहेको छ । पछिल्लो समय केहि तीज गीतका शब्दमा बिकृतिहरु देखिएको थियो। सार्वजनिक ‘नजाऊ पियारी’ बोलको गीतमा मौलिक शब्द समाबेस छन् ।

यो गीतको संगीत प्रभावन जेले गरेका हुन् । शंकर बिसीले निर्देशन गरेको भिडियोलाई बासु बरालले सम्पादन र नबिन घर्ति मगरले सम्पादन गरेका छन् । डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक भिडियोमा शंकर बिसी, भावना लामिछाने र सरोज लामिछाने फिचर्ड छन् ।