पुष्पन र एलिनाको नयाँ गीत ऐना हेरी हेरी…रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

गायक पुष्पन प्रधान र एलिना चौहानको स्वरमा नयाँ गीत ऐना हेरी हेरी…को भिडियो रिलिज भएको छ । यो गीतको भिडियो निकै आकर्षक बनेको छ । गीतमा भीम विसीको संगीत रछ । यो गीतलाई सञ्चारकर्मी शिवराज योगीले लेखेका हुन् ।

गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा आकाश कार्की र अनु काफ्लेले अभिनय गरेका छन् । जसमा सविता अधिकारीको निर्माण रहेको छ । बटौली, तीन पाते जस्ता गीतमा अभिनय गरेकी अनु र आकाश कार्कीले पहिलो पटक एक साथ काम गरेका हुन् ।

नजिकिदै गएको तिज र कोरोनाको प्रकोप विच रहेको अफ्ठ्यारो अवस्थालाई गीतको भिडियोमा झल्काइएको छ। मोडल आकाश र अनुको कामलाई धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।
नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन्। यस अघि संगीतकार विसी र गायिको चौहानको स्वरमा पनि ुऐना हेरी हेरीुको लिरिकिल भिडियो रिलिज भैसकेको छ।