ब्युटी न्युज नेपाल
काठमाडौं, ६ साउन,

नेपालमा आज बुधबार थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा ८ हजार ७१५ पीसीआर परीक्षणमा १ हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २ हजार ८३८ जनामा संक्रमण देखिएको हो । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेका छन् । जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२७ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९०, कास्कीमा १८५, झापामा १७०, चितवनमा १६३ ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ७९, सुनसरीमा ५२, तनहुँमा ४७, रुपन्देहीमा ४१, मकवानपुरमा ३५ र पाल्पामा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बागलुङमा २९ , जुम्लामा २७, कैलालीमा २६, काभ्रे र दाङमा २५/२५ जना, मोरङमा २१, धादिङ, सिन्धुपाल्चोक र नवलपरासी पूर्वमा १९/१९ जना, दोलखा र कञ्‍चनपुरमा १८/१८ जना, धनकुटा र बर्दियामा १६/१६ जना, नुवाकोटमा १५, लमजुङ र स्याङजामा १४/१४ जना, म्‍याग्दी र गुल्मीमा १३÷१३ जना र रसुवामा ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ४७५ रहेको छ । यो सँगै अहिलेसम्म ६ लाख ३६ हजार ४०२ जना संक्रमणमुक्त भएका छन् । यस्तै कोरोनाबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सँख्या ९ हजार ६३७ जना पुगेको पनि मन्त्रालयले जनाएको छ ।