पशुपति र शर्मिलाको स्वरमा प्रदीपको घर झगडा


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ साउन

यो वर्षको तीजलाई लक्षित गरेर नयाँ तीज भाका घर झगडा…को भिडियो बजारमा आएको छ । यो गीतलाई सञ्चारकर्मी तथा गीतकार प्रदीप कँडेलले बजारमा ल्याएका हुन् ।

अहिलेका चर्चित लोकगायक पशुपति शर्मासँगै शर्मिला गुरुङ, यज्ञ सापकोटा, सलिना अधिकारी र कल्पना सिग्देलले यो गीत गाएका छन् । जसमा यज्ञ सापकोटाको संगीत र कृष्ण केसीको संगीत संयोजन रहेको छ । गीतलाई काठमाडौंको मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

यो गीतको भिडियोलाई अकालदेवी म्युजिकले बजारमा ल्याएको हो । यो गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, अनिता बस्नेत, सुनिल खनाल, जिया अर्याल, इश्वर भन्डारी, खेम, गोमलगायतको अभिनय छ । गीतलाई बीरेन्द्र भट्टले खिचेका हुन् । जसलाई अविनास डिसीको सम्पादन छ ।