आकाश र पुजाको धर्ती आकाश युट्युव ट्रेन्डिङ वानमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्माले अभिनय गरेको म्युजिक भिडियो धर्ती आकाश…यतीबेला युट्युव नेपाल ट्रेन्टिङमा नम्वर वानमा परेको छ । गीतलाई यतीबेला सबैले मन पराएका छन् ।

यो गीतमा दुर्गा खरेल र रोशन अधिकारीको स्वरमा रहेको छ । यो गीतमा अर्जुन पोखरेलले संगीत गरेका हुन् । गीत निकै कर्णप्रिय बनेको छ ।

यो गीतको भिडियोलाई काठमाडौंको चावहिल स्थित एफक्युब फिल्म हलमा प्रिमियर गरिएको थियो । यो गीतलाई मुस्ताङ, धम्पुस, पोखरा र काठमाडौं गरी चार ठाउँमा छायाँकन गरिएको थियो । जसमा आकाश र पुजाले जोडीको रुपमा काम गरेका छन् । गीतलाई कथानक रुपमा उतारिएको छ । तीन दिन अघि यो भिडियो हेरेपछि अभिनेत्री पुजाले भनिन्,‘म्युजिक भिडियो नभएर लघू चलचित्र हेरेको जस्तो भयो । जीवन र मृत्युको कथा बोकेको कारण पनि यो भिडियो आकर्षक बनेको हो ।’ अभिनेता आकाशले पनि यो गीतको भिडियोमा अभिनय गर्दा आफुलाई चलचित्रको गीत गरिरहेको महसुस भएको बताए ।

विधान कार्कीको निर्देशनमा भिडियो तयार भएको हो । यो भिडियो छायाँकन गर्न ४ लिन लागेको र आफुले चलचित्रको अवधारणमा यसलाई तयार गरेको निर्देशक विधान कार्कीले बताए । अहिले भिडियो ट्रेन्डिङ वानमा परेको पनि झनै खुसी लागेको उनले बताएका छन् ।

डिभाईन म्युजिकको युट्युव च्यानलबाट रिलिज गरिएको यो गीतको भिडियोमा उत्सब दाहालको छायाँकन, विकाश दाहालको सम्पादन रहेको छ ।