तीज भाका फनफनीमा आकाश र बर्षा


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन

नव गायिका संगीता सिवाकोटीले आफ्नो नयाँ गीत फनफनीको भिडियो सार्वजनिक गरेकी छिन् । उनले आफ्नो नयाँ तीज भाका ‘मै घुमें फनफनी…’को भिडियो बजारमा ल्याएकी हुन् ।

यो गीतलाई तिलक बस्नेतले लेखेका हुन् । यो गीतमा संगीत पनि तिलकले नै गरेका हुन् । गीतलाई सुदीप सागरको एरेन्ज गरेका हुन् ।

गीत निकै कर्णप्रिय बनेको छ । यो गीतको भिडियोको निर्देशन तथा नृत्य निर्देशक शिब बिकले गरेका हुन् । गीतमा चर्चित अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री बर्षा सिवाकोटीको अभिनय रहेको छ । यी जोडीको नृत्य र अभिनय निकै आकर्षक बनेको छ ।

यो गीतको अफिसिएल म्यूजुक भिडीयोलाई बी के एभरेष्ट मोशन पिक्चर्सले बजारमा ल्याएको हो । गीतको भिडियोलाई आइतबार रीलिज गरिएको हो । गीतको भिडियोलाई दर्शकले रुचाएका छन् । भिडियोलाई बुद्ध थापाले खिचेको हुन् । जसमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।