नेपालमा आज २९३६ जना सँक्रमित, ४३ को मृत्यु, १७७५ जना कोरोना मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन

नेपालमा आज शुक्रबार थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइलेसनमा रहेका छन् । यस्तै २ हजार ५५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५७८ जनाको आईसीयू र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा २१८, लुम्बिनीमा १०३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७७५ जना निको भएका छन् । यो सँगै हालसम्म ६ लाख २८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट हालसम्म ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।