दर्शकलाई भुवन र एलिना चौहानको तीज कोसेली मखमली


ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन

तीज आउन अझै डेढ महिना बाँकी भए पनि तीज सम्बन्धि गीतहरु बजारमा धमाधम आईरहेका छन् । यही मेसोमा गायक भुवन प्यासी गायिका एलिना चौहानको स्वरमा नयाँ तीज भाका मखमली…बजारमा आएको छ । यो गीतलाई राजेन्द्र बजगाईंले संगीत गरेका हुन् । गीतको संगीत संयोजन पनि राजेन्द्रकै हो । राजेन्द्र पछिल्लो समयका व्यस्त र सफल संगीतकार हुन् ।

यो गीतलाई सुर संगीत स्टुडियोमा रेकर्ड गरिएको हो । यो तीज भाकालाई डान्सिङ शैलीमा तयार गरिएको छ । गीतको भिडियो निर्देशन शिब बिकले गरेका हुन् । जसमा रविन्द्र बरालको छायाँकन रहेको छ । गीतको भिडियो सम्पादन पदम सुवेदीले गरेका हुन् ।

यो तीज भाकाको भिडियोलाई डिस्को शैलीमा तयार गरिएको छ । भिडियोमा सरिता दनकुटी, देव महतो लगायतका कलाकारले अभिनय गरेका छन् । गीत जस्तै भिडियो पनि आकर्षक बनेको छ ।