चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने


ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन

चीनले अनुदानमा दिएको १० लाख डोज खोप सकिएको छ । यसैबीच चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टार भेटमा राजदुत यान्छीले चीनका तर्फबाट १६ लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएकी छिन् ।