बसन्त र प्रमोदको साँझ ढलिरह्यो सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन

गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत साँझ ढलिरह्यो दर्शकमाझ आएको छ । स्याड भर्सनको यो गीतमा संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । यो गीतलाई गीतकार बिष्ण बिरहीले लेखेकी हुन् ।

हाल लिरिकल भिडियो सार्वजनिक भएको गीतको म्युजिक भिडियो समेत चाडै बजारमा ल्याउने तयारीमा गीतकार बिरही रहेकी छिन । उनले हाल सम्म तिन वोटा एल्बम बजारमा ल्याईसकेकी छिन भने सार्वजनिक एल्बममा एक दर्जन बढी गीतहरु समाबेस रहेका छन् । गीतकार बिरहीले लेखेका छल्नु छल्यो जिन्दगिले, किन आउछौ परेलीमा लगायतका गीतहरु चर्चित छन् ।