काठमाडौं उपत्यकामा १० साउनसम्म थपियो निषेधाज्ञा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ साउन

गत १६ बैशाखदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १ साउनबाट फेरी साउन १० गतेसम्मका लागि थप भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले १ साउनबाट निषेधाज्ञा थप गरेको हो ।

असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको छ । म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

सिडियो कार्यालयले निषेधाज्ञाबारे जारी गरेको विज्ञप्ति