विश्व किर्तिमानी गीतकार उपाध्यायको जन्मौ जन्ममा सार्थक अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ साउन

एक पछि अर्को गीत संगीतमा विश्व कीर्तिमान राख्दै आएका गीतकार डा.डी.आर.उपाध्यायले आफ्नो नयाँ गीत ‘जन्मौं जन्म न छुटिने नाता…’को भिडियो दर्शकमाझ ल्याएका छन् । उनले यो गीतको भिडियोलाई डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित गीतकार उपाध्यायले गीत संगीत तथा साहित्यमा हालसम्म ५१ विधामा विश्व रेकर्ड कायम गरेका छन् । यसै क्रममा उनले यो नयाँ गीतको भिडियो ल्याएका हुन् ।

गीतकार उपाध्याय पछिल्लो समय मोडलको रुपमा पनि स्थापित भएका छन् । यो गीतको भिडियोमा गीतकार उपाध्यायले अभिनेत्री अनु शाहसंग मोडलको रुपमा जोडी बनेर काम गरेका छन् । गीतको भाव अनुसार उपाध्याय र शाहको जोडी निकै आकर्षक देखिएको छ । कुशल गीतकार उपाध्याय अभिनयमा पनि सार्थक देखिएका छन् ।

यो गीतमा राधिका भण्डारीको स्वर रहेको छ । जसमा सागर अधिकारीले संगीत, संजय श्रीपालीले संगीत संयोजन तथा गोविन्द सोनीले ध्वनी मिश्रण गरेका छन् ।

गीत निकै कर्णप्रिय बनेको छ । गीत जस्तै यसको भिडियो पनि आकर्षक बनेको छ । यो गीतको भिडियो माइकल चन्दको निर्देशनमा तयार भएको हो । यो गीतको भिडियोमा उत्सव दाहालको छायाँकन र शिलन लम्सालको सम्पादन रहेको छ । आफुले साह्रै मन पराएको मानिस आफुबाट टाढा हुँदाको पीडालाई गीतमा प्रस्तुत गरिएको छ ।