माईकलको निर्देशनमा आरसी र मेलिनाको नयाँ भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असार

निषेधाज्ञा केही खुकुलो भएसँगै गीत सँगीतको भिडियो छायाँकन तथा रिलिजको गीतिविधि बढेको छ । यसै क्रममा मेलिना राई र आरसी रिमालको स्वरमा गीति भिडियो ’ठुल्दाइको फूलमाला’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगीत दिपक सिलवालको छ । एरेञ्जको काम साहस शाक्यले गरेका छन् ।

माइकल चन्दले निर्देशन गरेको भिडियोमा कोरियोग्राफी माइकल स्टेप–अप एण्ड आर्ट एकेडेमीको छ । गीतको भिडियोमा सरोज अधिकारीसँग आश्मा विश्वकर्मा र शिशिर भण्डारीसँग रीता कट्टेलले कम्मर मर्काएकी छिन् । दुबै जोडीको केमेष्ट्रि गज्जब देख्न सकिन्छ । सम्पादनको काम शिलन लम्सालले गरेका छन् । क्यामेरा ज्ञानेन्द्र शर्माले चलाएका छन् ।

पछिल्लो समयका व्यस्त कोरियोग्राफर माइकलले निर्देशक गरेका प्रायः गीत हिट लिस्टमा छन् । यो गीतबाट पनि दर्शक श्रोताको ठुलो मन जित्ने विश्वास उनको छ ।