भ्वाईस अफ नेपालको नयाँ कोचमा राजेश पायल राई


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असार

कोरोना सँक्रमणपछि गायक दीप श्रेष्ठले केही समय आराम लिने भएका छन् । सँगीत सम्बन्धि रियालिटी शो द भ्वाईस अफ नेपालका कोच रहेको गायक श्रेष्ठ अब सो कार्यक्रममा केही एपिसोडसम्म देखिने छैनन् । द भ्वाइस अफ नेपालको कोचमा गायक राजेशपायल राई चयन भएका छन् । अब सुरु हुन लागेको एपिसोड २२ बाट गायक राजेश पायल राईले कोचको जिम्मेवारी सम्हालेका छन् ।

भ्वाइस अफ नेपाल टिमले कोरोनाभाइरस संक्रमणमुक्त भएपछि घरमै स्वास्थ्य लाभ गरिररहेका गायक दीपको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । दीपको स्वस्थ्यमा सुधार भईरहेको आयोजक पक्षले जनाएको छ ।

नयाँ कोचको लागि शुभकामना दिँदै भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताएका छन् । कोच सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आफु कोचमा चयन भएकोमा खुसी व्यक्त गर्दै यो जिम्मेवारी राम्ररी निर्वाह गर्ने राजेश पायलले बताएका छन् ।