अनु शाहसँग मोडल बनेर आए किर्तीमानी गीतकार डा. उपाध्याय


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ असार

गीत रचना गरेर नै ५१ वटा विश्व कीर्तिमानी कायम गरेका गीतकार डा. डीआर उपाध्याय मोडलको रुपमा पनि प्रस्तुत भएका छन् । उनले सार्वजनिक गरेको आफ्नो नयाँ गीत ‘दुई मुटु’ को भिडियोमा मोडलको रुपमा प्रस्तुत भएका छन् । माइकल चन्द निर्देशित ञ दुई मुटु झबोलको गितमा मोडल अनु शाहसँग जोडी बनेर उनी प्रस्तुत भएका छन् ।

उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । गितमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत, संजय श्रीपालीको संगीत संयोजन, गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको छ । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उपाध्यायले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ । उनले लेखेका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई , पर्यटन , स्वास्थ्य तथा योग , महिला, मजदुर, किसान र भरिया गीत लगायत बिभिन्न परिवेशका गीत मात्र नभएर ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन् ।