तेज र तुलसीको बगर भयो जिन्दगी


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

नयाँ गीत बगर भयो जिन्दगी…को भडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा भिम खड्का र आयुष्मा कार्कीको अभिनयमा रहेको छ । गीत निकै मार्मिक बनेको छ । मायामा पाएको घातलाईलाई गीतमा समेटिएको छ । गायक तेज सागर भटटराई र गायिका तुलसी घर्ति मगरको गीतमा आवाज रहेको गीतलाई एस थ्री के इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ ।

समाजमा रहेको सामाजिक अन्धविश्वासमा रहेको छुवाछुत प्रथाबाट प्रेमील जोडिहरुको कोमल मायाकोे सम्बन्ध छुटनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । गप्रेमील जोडिहरुको बास्तविक जिवन भोगाई भएको कारणले पनी आम दर्शक तथा स्रोताले गीतलाई मनपराउनेमा आफु निकै आशावादी रहेको कलाकार भिम खड्काले बताए ।

प्रकाश खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन, देबेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ ।