चेपाङ बालबालिका देखि प्राविधिकलाई अभिनेता प्रदीप बास्तोलाको सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

अभिनेता प्रदीप बास्तोलाले काठमाडौंका केही बिपन्न परिवारलाई यो निषेधाज्ञाको समयमा विभिन्न खाद्य सामग्री प्रदान गरेका छन् । उनले काठमाडौंको सितापाइला स्थित एक अनाथ आश्रममा व्यक्तिगत हिसाबले पाँच परिवारलाई एक महिनाको लागि खाद्य सामग्री प्रदान गरेका हुन । उनले सो क्रममा पाँच बोरा चामल, २५ केजी दाल, ५ लिटर तेल, ५ किलो चिनी, ५ प्याकेट नुन, चाउचाउ, नुहाउने र भाडा धुने साबुन सहित विभिन्न सामग्री प्रदान गरेका छन् ।

सो आश्रममा चेपांग जातिका बाबु–आमाले छोडेका ५० बालबालिका बस्दै आएका छन् । आश्रमका अभिभावक मधु सुदन थापाका अनुसार उनीहरुलाई अहिलेसम्म कसैले सहयोग पुर्याएको थिएनन् । त्यहाँ बस्ने परिवारका ५० सदस्य एकदमै अप्ठ्यारो स्थितिमा बस्दै आएको पनि उनले बताए । उनीहरुलाई एउटा टहरो बनाउनको निम्ति पनि सहयोगको आवश्यकता परेको भन्दै उनले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । निषेधाज्ञाले प्रतक्ष्य प्रभाव पारेको उनीहरुको जीवनमा यो राहतले पनि हौसला मिल्ने थापाले बताए ।

यसै बीच अभिनेता प्रदीप बास्तोलाले म्युजिक भिडियोमा काम गर्ने श्रमजिवीहरु तथा कोरस डान्सर र प्राबिधिकहरुलाई पनि खाध्यान उपलब्ध गराउनका निमित्त आर्थिक सहयोग गरेका छन् । यस्ता कलाकारहरुले अहिलेको अबस्थामा खाद्यन्न र विभिन्न अभावले आत्म हत्या गर्न थालेको समाचार आएपछि उनले सहयोग गरेका रहेछन् ।