आज नेपालमा २४४२ जना सँक्रमित, ३४५६ जना सँक्रमण मुक्त, ५१ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार,

आज सोमबार २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १ हजार ४२१ र ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जना गरी २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमण मुक्त हुनेको सँख्या ५ लाख ५६ हजार ७९८ जना पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ५१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सँख्या ८ हजार ७२६ जना पुगेको छ ।