सिन्धुपालचोकका बाढी पीडितका लागि राहत अभियानमा वर्षा सिवाकोटी


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत प्रदान गर्ने कार्यमा कलाकारहरुको सक्रियता बढ्दो छ । यसै क्रममा अभिनेत्री वर्षा सिवाकोटीले पनि त्यहाँको बाढी पहिरो प्रभावितहरुलाई राहत प्रदानको तयारी गर्दैछिन् । उनले आर्थिक सहयोगका लागि सामाजिक सञ्जालमार्फत् अभियान सुरु गरेकी छन् । ‘मेलम्ची राहत अभियान’ शिर्षकमा उनले सुरु गरेको अभियानमा देश बिदेशबाट दाताहरुले सहयोग गरिहेका छन् । ती सबै दाताहरुको नाम र रकम सार्वजनिक गर्ने उनले बताएकी छिन् ।

त्यहाँका बाढी पहिलो प्रभावितहरुलाई आबस्य सामग्री बारे बुझेर आफुले राहत प्रदान गर्ने पनि यी अभिनेत्रीले बताएकी छिन् । यसका लागि उनले एउटा भिडियो मार्फत भनेकी छिन्,‘बाढी पहिरोले धेरै घर परिवारको क्षति पुर्याएको अवस्थामा हामी एक जिम्मेवार नागरिक भएको हिसाबले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु पर्दछ । यही कुरालाई ध्यानमा राखेर मैले पनि एउटा सानो इनिसेसन लिएको छु,। सहयोग गर्न चाहनले प्रभु बैंकमा रहेको केवी फाउन्डेसनको खातामा रकम पठाउन सक्नेछन् ।’