ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

नेपाली चलचित्र तथा सँगीतबृत्तका कलाकारहरु केही दिन यताबाट राहत वितरणमा सक्रिय छन् । यसै क्रममा सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरोबाट प्रभावितहरुका लागि कलाकारहरुको राहत वितरण जारी छ । चलचित्र निर्देशक तथा दीपाश्री निरौला र अभिनेत्री स्वस्तिमा खड्काले पनि मेलम्ची पुगेर राहत वितरण गरेरका छन् ।

आफुहरुले ५० परिवारका लागि राहत प्रदान गरेको दीपाश्रीले बताएकी छिन् । उनीहरुले ५० थान डसना, ५० थान ब्ल्याङ्केट र ५० थान म्याट बाढी पहिरो प्रभावितहरुलाई प्रदान गरेका छन् ।

स्वस्तिमा र दीपासहित फेसन डिजाइनर सुरविन बान्तवा मेलम्ची पुगेर सो राहत प्रदानगरेका हुन् । यस्तै उनीहरले ५० परिवारलाई चामल, चाउचाउ, बिस्कुट, सेनेटरी प्याड जस्ता सामग्री पनि प्रदान गरेका छन् ।