आज २४०१ जनालाई कोरोना, ३६६० जना कोरोना मुक्त, ३४ जनाको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असार,

नेपालमा आज शनिबार थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा २ हजार ४०१ जनामा कोरोना सँक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा मुलुकभरबाट ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा ५ लाख ५३ हजार ३४२ जनाले कोरोना जितेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ३४ जनाको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना सँक्रमणबाट ८ हजार ६७५ जनाको ज्यान गईसकेको पनि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।