ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असार

हास्यप्रधान टेलिसिरियल ‘जुठे’को प्रशारण रोकिएको छ । हाललाई नयाँ एपिसोड नभएका कारण प्रशारण रोकिएको यसका निर्देशक मरिचमान श्रेष्ठले बताएका छन् । उनका अनुसार अझै केही हप्ता रोकिने भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै छायाँकन गरेर प्रशारणमा ल्याइने उनले बताए ।

जुठे टेली सृँखला हिमालय टेलिभिजनबाट बुधबार बेलुकी ८ बजे प्रशारण हुँदै आएको छ । मरिचमान र राजु पौडेलको संयुक्त लेखन एवं निर्देशन रहेको टेलिसिरियलमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा लगायतका कलाकारको अभिनय छ ।

टेलिसिरियलले उठाएको विषयवस्तुमा आम सर्वसाधारणले अहिले मनपराए छन् । तर दलित समुदायका केही अभियन्ताले दलितलाई हेप्ने गुनासो समेत गरेका ।

युट्युबमा आएको कतिपय कमेन्टमा दलित समुदायले गुनासो गरेपछि आगामी एपिसोडमा परिमार्जन गरिने निर्देशक श्रेष्ठले बताएका छन् । हरेक एपिसोडमा अब के हुन्छ भन्ने एकखालको कौतुहलता भइरहेको सन्दर्भमा निर्देशकद्धय राजु पौडेल र श्रेष्ठले अन्तिममा जुठेको जित हुने बताउँछन् ।