ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असार

चलचित्र टालो युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो लघू चलचित्र अहिले चर्चामा छ । यो लघू चलचित्र नेपालको मध्य तथा सुदुर पश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित कुप्रथामा आधारित छ । यसमा रिम विश्वकर्माको कथा रहेको छ । दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादनमा तयरा यो फिल्म निहारिका फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको हो । टालोलाई ओएसआरबाट डिजिटलबाट रिलिज गरिएको छ ।

जसमा रिम विश्वकर्मा ,अन्जली खड्का , प्रेम देव गिरि , सुशिला सिंजापती , सुशिला सिं , उदय बिके , गगन बिके, एलिशा बादी , सम्झना बादी, खगेन्द्र केपी, भुपेश सोनी, शेरबहादुर, खगेन्द्र जैसी , जमुना बिक आदिको अभिनय रहेको छ ।

उत्तम रिमालको द्वन्द निर्देशन रहेको उक्त चलचित्रमा छुई ( मासिक श्राव ) को बेला चेलीलाई ६ दिनसम्म घरमा बस्न नदिई गोठमा वा जङ्गलमा सानो गोठ बनाएर बस्न बाध्य गराईने अमानविय कुप्रथालाई समेटिएको छ । यसलाई उन्मुलन गर्न यो फिल्म निर्माण गरिएको हो ।

वास्तविक छाउगोठमै गई बनाईएको यस चलचित्र दर्शकले एकपटक हेरेर प्रतिक्रिया दिने आमाशा निर्देशक दीपक श्रेष्ठ रहेका छन् ।