मिलन चाम्स, आँचल शर्मा सहितको कलाकारबाट मेलम्चीका ५० परिवारलाई सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

मँगलबारको अबिरल बर्षापछि बाढी पहिरोले बितन्ड मच्चाएको सिन्धुपालोकको मेलाम्ची बजारका करिब १५० घर क्षती भएका छन् । बाढीले घर बगेर तथा डुवेर अलपत्र परेकाहरुलाई यतीबेला गाँस सँगै बास र कपासको आबस्यक्ता परेको छ । उनीहरुलाई सहयोग गर्न त्यहाँ कलाकारहरु पनि पुगेको छन् ।

यस्तै क्रममा नयाँ चलचित्र गोर्खा वारिवर २ को सँयाजकत्वमा त्यहाँका ५० परिवारलाई बिहिबार बेलुका राहत सामग्री प्रदान गरिएको छ । चलचित्र निर्देशक मिलन चाम्स, अभिनेत्री आँचल शर्मा, निर्देशक बसन्त निरौला, ओएसआर डिजिटलका अध्यक्ष ओमप्रकाश अग्रवाल, समाजसेवी रुपा पुन, तारा दुमि राईले त्यहाँ पुगेर ५० परिवारलाई रहत प्रदान गरेका हुन् ।

निर्देशक चाम्सका अनुसार प्रति परिवार ३० केजी चामल, २ केजी नुन, २ केजी दाल, २ केजी तेल, आधा बाक्सा चाउचाउ प्रदान गरिएको छ । त्यहाँ बिस्तापित परिवारलाई आफुहरुले १५ सय केजी चामल, एक सय केजी दाल, एक सय केजी तेल, एक सय केजी नुन, २५ बाक्सा चाउचाउ प्रदान गरिएको पनि उनले बताए ।

बिस्तापित धेरै भएका कारण नीजि रुपमा राहत प्रदान गर्न गाह्रो भएका कारण त्यहाँको व्यबस्थापन समितिलाई आफुहरुले सो राहत सामग्री जिम्मा लगाएको पनि निर्देशक मिलन चाम्सले बताए । त्यहाँको अबस्था देखेर आफु साह्रै दुखी भएको पनि उनले बताए ।

राहत सामग्री प्रदान गर्न त्यहाँ पुगेकी अभिनेत्री आँचल शर्मा पनि त्यहाँको अबस्था देखेर निकै गम्भिर बनिन् । यस्तो अबस्थामा आफुहरुले ५० परिवारलाई भन्दा बढी सहयोग गर्न नसकेकाले आउँदा निमा पनि यस्तो सहयोग गर्ने आँचलले बताएकी छिन् ।