आज २६०७ जनालाई कोरोना, ३९ जनाको मृत्यु, २१४१ कोरोना मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं ३ असार

आज बिहिबार नेपालमा २ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७११ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ७६८ र ४ हजार ७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१३, बागलुङमा २४२, ललितपुरमा १२१, मोरङमा ११८, सुनसरीमा ९३ र कास्कीमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नुवाकोटमा ४७, झापा र चितवन ४४ जना, पाँचथरमा ४२, सिन्धुपाल्चोकमा ३८, भक्तपुरमा ३६, धादिङमा २९, मकवानपुरमा २७, सिरहामा २२, कपिलवस्तु र रुपन्देहीमा २०/२० जना कोरोना संक्रमित थपिएको छ ।

काभ्रेपलाञ्चोकमा १९, गोरखामा १८, नवलपरासी पश्‍चिममा १६, अछाममा १४, तेह्रथुम, जुम्ला र रूकुम पश्चिममा १३/१३ जना, धनुषा, रौतहट र स्याङजामा १२/१२ जना, उदयपुरमा ११, सिन्धुलीमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नवलपरासी पूर्व र कैलालीमा ९/९ जना, सर्लाही र लमजुङमा ८, पर्वतमा ७, तनहुँमा ६, खोटाङ र रसुवामा ५/५ जना, धनकुटा र भोजपुरमा ४/४ जना, सोलुखुम्बु, बारा, रामेछाप र रोल्पामा ३/३ जना, संखुवासभा, दोलखा, सुर्खेत,डडेलधुरा र बैतडीमा २/२ जना तथा इलाम, पर्सा, गुल्मी,बाँके, कालिकोट र दैलेखमा १/१ जनामा कोरोना संक्रण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।