ब्युटी न्युज नेपाल
काठमाडौं २ असार

नेपालमा आज थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको कुल सँख्या ८ हजार ५५८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ८२ जनाले कोरोना जितेका छन् । यो सँगै कोरोना मुक्त हुनेको कुला सँख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।