डब्बु र सुवर्णको आँधेरीमा सरिता र राहुलको कटाक्ष्य


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार

गीतकार डब्बु क्षत्रीले आफ्नो नया गजल (गीत) अँधेरीमा थिएँ म…को भिडियो बजारमा आएको छ । उनले यो गीतको भिडियोलाई यतीबेला ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ । क्षत्रीको यो २०७८ सालको पहिलो म्युजिक भिडियो हो । गत फागुनमा छायाँकन गरिए पनि भिडियोलाई बल्ल रिलिज गरिएको छ ।

सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोईरालाले साथ दिएका छन् । यो गीत निकै मिठो बनेको छ । गीतमा संगीत र संगीत सँयोजन पनि सुवर्ण कुमारकै रहेको छ ।

कथा अनुसार आफुले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथा यसमा प्रस्तुत गरिएको छ । जसमा ती युवतीको यादले प्रेमीलाई सताईरहन्छ । प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियो निकै आकर्षकण बनेको छ ।

गीतको भिडियो निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् । भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरसहितको अभिनय छ । यो भिडियोको छायाँकार रामशरण उप्रेती, सम्पादक सुरेश कुमार राउत रहेका छन् । यसमा दिलमायाँ मगरको ड्रेस डिजाईन, दीपक लामगाडेको सेट डिजाईन, श्याम बरालको सृँगार रहेको छ ।

यी गीतकारको पछिल्लो र यसपटकको लकडाउनमा लगातार गीत आईरहेका छन् । क्षत्रीले दोश्रो कोरोना भेरिएन्टपछि नेपालमा जारी यो लकडाउनको समयमा तीन वटा गीत रेकर्ड गरिसकेका छन् । कृष्ण कार्की र बिन्दू परियारको स्वरमा तिमी मेरोे बर…, नेपाल स्टार र भ्वाईस अफ नेपाल प्रथम संस्करणका गायक सुनन्द ढकालको स्वरमा जती सताए पनि सक्दिन बिर्सन…, र अलिफ खान तथा सरिता भारतीको स्वरमा असारै मास साईंली पर्यो दर्के पानी…गीत रेकर्ड भएको हो । पछिल्ला यी तीन वटै गीतमा संगीत तथा संगीत संयोजना राजेन्द्र बजगाईंको रहेको छ । यी तीनवटै गीतको भिडियो अबको निषेधाज्ञा खुलेपछि छायाँकन गरेर दर्शकमाझ ल्याउने गीतकार क्षत्रीले बताएका छन् ।

मुलत निषेधाज्ञाको बेलामा बाहिर हिड्डुल गर्न गाह्रो हुने भएकाले घरमै बसेर समय यापन गर्दा गीत सृजनामा आफु रमाउने गीतकार क्षत्रीले बताएका छन् । गत वर्षको निषेधाज्ञामा करिब दुई दर्जन गीत सृजना गरेका क्षत्रीको आधा दर्जन गीत रेकर्ड भए । रेकर्ड भएका मध्ये हे गाजली…, यसपालीको दशैं…, जस्ता गीतहरुका भिडियो नै बजारमा आईसकेका छन् । अँधेरीमा थिएँ म…को भिडियो यतीबेला आएको हो ।

गत लकडाउनपछि रेकर्ड भएको उनका तीन वटा गीत बजाई देउन बाजा…, दुर सागर उर्लियो लहर…र अनायसै तिम्रो याद…को भिडियो रिलिजको तयारीमा छ । जस मध्ये केही गीतको भिडियो तयार भईसकेकाले अब क्रमश रिलिज गर्दै जाने पनि यी गीतकारले बताएका छन् ।

हालसम्म क्षत्रीका झरी र गुलाबी स्वरहरु गरी दुई गीतिसँग्रह विन्ध्यवासिनी म्युजिक प्रालिले र बजाई देउन बाजा गीतिसँग्रह आर्टोम्युज कम्पनीले निकाली सकेको छ । यस्तै एशियन म्युजिक, सहित विभिन्न कम्पनीबाट ति आँखामा, मेरो जवानी, यसपालीको दशैं, हे गाजली, अँधेरीमा थिएँ म जस्त एकल गीति क्यासेट र भिडियो बजारमा आईसकेका छन् । क्षत्रीका चलचित्र, आधुनिक, पप, लोक, राष्टिय भावका सहित ५ दर्जन भन्दा बढी गीतहरु रेकर्ड भएर श्रोतामाझ आइसकेका छन् । तथापि आफुलाई उनी झरी सम्बन्धि गीतका रचयता भन्न रुचाउँछन् । झरी सम्बन्धि उनका ८ वटा गीतहरु आईसकेका छन भने दुई गीत रिलिजको तयारीमा छन् ।