छायाँकार प्रधानको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ

लामो समयदेखि मृगौला समस्याबाट पीडित नेपाली चलचित्रका छायांकार राम शंकर प्रधानको निधन भएको छ । उनको उपचारकै क्रममा काठमाडौंको बीर अस्पतालमा ७२ वर्षको उमेरमा आईतबार राती निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रधानको निधनले प्राविधिकमा मात्र नभई समग्र चलचित्र क्षेत्रमा क्षती पुगेको प्राविधिक संघका अध्यक्ष लामाले बताए । दिवँगत छायाँकार प्रधान ‘चलचित्र’, ‘फेररि तिम्रो याद आयो’, ‘त्रिनेत्र’ ‘अजम्बरी नाता’ लगायत दर्जनौं नेपाली चलचित्रका छायाँकार थिए । उनको निधनप्रति प्रविधिकहरुले शोक व्यक्त गरेका छन् ।