सामाजिक सञ्जालमा फोटो आएपछि नर्भिकमा निशाको उपचार थालियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ

उपचारको अभावले लामो समयदेखि घरमा रहेकी ललितपुरकी कलाकार तथा मोडल निशा घिमिरेको काठमाडौंका थापाथली स्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।

उनको अबस्था अत्यन्त नाजुक भएको तस्बिर चार दिन अघि सामाजिक सञ्जालमा आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो । साँढे तीन वर्ष अघि म्युजिक भिडियोकी व्यस्त मोडल मनिएकी उनी सोही क्रममा अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी थिईन् ।

दुर्घटना भएको करिब ४१ महिनापछि मोडल निशा घिमिरेले यतीबेला राम्रो उपचार पाएकी छिन् । कलाकार निशाको सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उपचारको लागि निशालाई उद्दार गरेर अस्पताल सम्म ल्याएकी हुन् । अहिले निशालाई निशुल्क उपचार गर्ने मेघाले बताएकी छिन् । निशालाई यसरी निशुल्क उपचार सुरु गरेर मेघाले प्रसँसनीय कार्य गरेको भन्दै सामाजिक सञ्चालमा उनको यतीबेला प्रसँसा पनि भईरहेको छ ।

टेलि चलचित्र तथा म्युजिक भिडियोमा व्यस्त रहेकै बेला थप अभिनय सिक्नको लागि निशा २०७५ साल पुषको तेश्रो सातातिर भारतको देहरादुन गएकी थिईन् । सो क्रममा उनी देहरादुनमा सडक दुर्घटनामा परिन् । उनी चढेको कारलाई ठुलो गाडीले ठक्कर दिँदा निशा अचेत भएर अस्पताल भर्ना गरियो । उनको बुबालाई अस्पतालबाट फोन आएपछि घरबाट बुबा गए । दुर्घटनामा पर्दा टाउकोमा गम्भिर चोट लागेका कारण निशा अचेत अबस्थामा थिईन् । दुर्घटना भएर १८ दिन देहरादुनको अस्पतालमा निशाको उपचार गरियो ।

तर पनि महँगीका कारण त्यहाँ उपचार गर्न नसक्ने अबस्था आएपछि उनलाई सरकारी अस्पतालमा उपचार गर्न बुबाले दिल्ली लानु भयो । निशाको उपचारका लागि दिल्लीको सरकारी अस्पतालमा सिट पाईएनन् । नीजि अस्पतालमा उपचार गर्न निकै महँगो पर्ने र नेपालमाबाट पैसा मगाउन समेत गाह्रो हुने भएपछि दिल्ली लगेको केही दिनमै निशालाई नेपालमै ल्याएर काठमाडौंको बीर अस्पताल स्थित ट्रमा सेन्सरमा भर्ना गरिएको थियो । यहाँ ल्याएपछि आईसियुमा भर्ना भएकी निशाको स्वास्थ्यमा बिस्तारै सुधार भयो । उनले मान्छे चिन्न सक्ने भएपछि निशालाई आईसियुबाट वार्डमा रहेको ५२६ नम्बरको बेर्डमा सरियो । त्यहाँ उनको एक वर्ष भन्दा लामो समय उपचार भयो । यसरी २०७५ पुषको तेश्रो सातारित कार दुर्घटनामा परेकी निशालाई उनलाई त्यसपछि माघमा काठमाडौं ल्याएर उपचार गरिएको हो । सो क्रममा सँगीत, चलचित्र लगायत विभिन्न क्षेत्रबाट उनलाई उपचारको लागि आर्थिक सहयोग पनि गरिएको थियो ।

त्यसपछि उनलाई घरमा ल्याएर विभिन्न थेरापी सेन्टरमा थेरापी सुरु गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आएको थियो । तर कोरोना सँक्रमण सुरु भएपछि यी कलाकारलाई नियमित उपचारका लागि थोरापी अस्पताल लान सकिएन । निशाको घरमा राम्रो उपचार तथा थेरापी हुन सकेन । खानपानमा पनि समस्या आयो । जसका कारण उनको शरीरको नशा सुक्दै गयो । एक समयकी त्यती चर्चित र मोटो शरीर भएकी निशा अहिले सुकेर दाउरो जस्तो भएकी छिन् ।

अचेत अबस्थामा रहेकी निशाको स्थित झनै बिग्रिएपछि आफन्तहरुबाट उनको हालको तस्बिर सामाजिक सञ्जालमा राखिएको हो । त्यसपछि सामाजिक अभियान्ता दुर्गा प्रसादले नर्भिक अस्पतालसँग पहल गरेपछि उनको यतीबेला नर्भिकमा उपचार सुरु भएको छ । अहिले निशाको नशामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सुधार हुने अपेक्षा गरिएको छ । निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र सयको हाराहारीमा म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । भारतमा अभिनय सिकेर नेपाली चलचित्रमा सफल नायिका बन्ने निशाको सपना पुरा होला भन्ने आश मारेका परिवारले छोरी हिड्न सक्ने मात्र भैदिए हुन्थ्यो भनेका छन् ।

कलाकार निशा जम्मा २३ वर्षको मात्र भईन् । २० वर्षको उमेरमै उनी दूर्घटनामा परेकी हुन् । त्यसपछिबाट यो तीन वर्षमा उपचार गर्दा गर्दा उनका बुबा आमाको ५० औं लाख सक्कि सकेको छ । निशाकै उपचारका कारण अहिले परिवारले आर्थिक सँकट भोगिरहेको छ । यस्तो अबस्थामा निशाका परिवारलाई यहाँहरुको सानो सहयोगले पनि ठुलो राहत मिल्ने छ । यो भिडियो हेरेपछि यहाँहरुलाई सहयोग गर्ने चाहना छ भने निशाका बुबा प्रेम प्रसाद घिमिरेलाई सम्पर्क गर्नु हुन अनुरोध छ ।