३७९४ जनालाई आज कोरोना हुँदा ५२९३ कोरोना मुक्त, ५९ सँक्रमितको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ

नेपालमा आज बिहिबार थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । यतीबेला ७७ हजार ८५८ जना सक्रिय संक्रमित उपचारमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

यसै गरी कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सँक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।