८ जना नयाँ मन्त्री थपिए, धेरै जसो नयाँ अनुहार


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ

नयाँ मन्त्री मण्डल गठन गरेको एक साता बित्न नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी ८ जना मन्त्री थपेका छन् । उनले बिहिबार एमालेका ७ जना मन्त्री र १ जनालाई राज्यमन्त्री बनाएका छन् । यस्तै जनता समाजबादी पार्टी महन्थ ठाकुर समुहबाट एक जनालाई मन्त्री बनाएका छन् । यो सँगै केपी शर्मा ओलीको मन्त्री मण्डल २५ जनाको भएको छ ।

यसपटक साँसद रहेका सहित अर्को पार्टीको सांसदबाट निकालिएका, पार्टीमा साँसद नै नभएका देखि पूर्व मन्त्रीका श्रीमतीसम्मलाई मन्त्री तथा राज्यमन्त्री बनाएर ओलीले उनीहरुलाई कार्यभार सुम्पेका छन् । बिहिबार थपिएका ८ जना नयाँ मन्त्रीले राष्टपति विधादेवी भण्ठारीबाट बिहिबार राष्टपति कार्यालयमा आ आफ्नो पदको सपथ ग्रहण समेत गरेका छन् । यतीबेला यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा यतीबेला प्रधानमन्त्री, तीन उपप्रधानमन्त्री, १८ जना मन्त्री र ३ राज्यमन्त्री भए ।

ओलीले काँस्कीका एमाले साँसद खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक थिए । बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा उनले गहृमन्त्रीको जिम्मेवारी पाएका छन् । गृहमन्त्रीमा अधिकारी खगराज अधिकारी र महेश बस्नेतको दाबी थियो । बस्नेतलाई उछिनेर अधिकारी गृह मन्त्री नै बनेका छन् ।

यस्तै एमालेकै सिन्धुलीका साँसद गशेण पहाडीलाई यतीेबेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाईएको छ । उनी माधवकुमार नेपाल समूहमा पनि योगेश भट्टराई निकट मानिएका थिए । तर पनि पहाडीले पछिल्लो पटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गरेनन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले जेठ २ मा फर्किने सार्वजनिक प्रतिवद्धता जनाएकाले आफू मन्त्री हुन तयार भएको नवनियुक्तमन्त्री पहाडीले बताएका छन् ।

यस्तै माओबादीबाट एमालेमा आएका रामबहादुर थापा बादलको गृहन्त्रीको पद खोसीएपछि ओलीले बादलसँग सल्लाह गरेर उनको श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएका छन् । नैनकला साँसद हैनन् । मन्त्री क्वाटरमा बस्दै आएका बादलले अब पत्नी सञ्चारमन्त्री बनेपछि निरन्तर मन्त्री निवासमै बस्न पाउने भएका छन् । यस अघि महिला आयोगको अध्यक्ष भइसकेकी नैनकला पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् ।

यसैगरी प्रधानमन्त्री ओलीले एमालेबाट कैलालीका एमाले साँसद नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् । यस्तै यतीबेला साँसद नरहेका एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ । मन्त्रालय नभए पनि उनलाई मन्त्री बनाउन ओली पछि परेनन् ।

यसै गरी प्रदेश सभाको साँसद पद खोसिएकी ज्वाला कुमारी शाह पनि मन्त्री भएकी छिन् । पूर्व माओवादी केन्द्र खेमाकी ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाईएको छ । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् । एमालेमा आए बापत पुरस्कार स्वरुप उनले मन्त्री पद पाएकी छिन् ।

जनता समाजबादी पार्टीका महन्थ ठाकुर पक्षबाट साँसद रहेका राजकिशोर यादवलाई पनि ओलीले यतीबेला उद्योगमन्त्री बनाएका छन् । जसपाको ठाकुर पक्ष १७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । यादबलाई यस अघि मन्त्री नबनाउँदा उनी असन्तुष्ट भएपछि ओलीले मन्त्री बनाएका हुन् । यस्तै एमालेकी नेतृ आशा विक पनि वनराज्यमन्त्री बनेकी छन् ।