रामपियारी भन्दै सुधिर र कविता


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ जेठ

गायक जीवन बडू र गायिका आकृती मिश्राले सँयुक्त स्वरमा रामपीयारी भर्सेज रामपियारी…गीतको भिडियो रिलिज गरेका छन् । नृत्य प्रधान यो गीतको भिडियोमा कबिता रायसंगै मोडल सुधिर श्रेष्ठको नृत्य रहेको छ । यस गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय छ । रयापर जगत तिरुवाको शब्द , संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेन्ड अनुसार निर्माण गरिएको छ । दर्जनौ म्युजिक भिडियो र थुप्रै चलचित्रमा समेत काम गरिसकेकी मोडल कबिता रायले यस गीतको भिडियोमा सुधिरसँग नृत्य गरेकी छिन् ।

केहि दिनअघि मात्र नायक तथा मोडल पल शाह संग पनि भिडियोमा काम गरिसकेकी रायले पल र सुधिर दुवै संग काम गर्दा भिडियोमा आफुलाई धेरै सजिलो भएको बताईंन । हालै सार्वजनिक भएको यस गीतमा पनि उनलाई डान्सको राम्रै ठुम्काको साथमा हेर्न पाईन्छ । डान्स र एक्स्प्रेसनको राम्रै तारिफ पाउने गरेको सुधिरले पनि कविता संग काम गर्दा निकै सहज भएको र अहिले भिडियो रिलिज हुँदा झन् मन आनन्द भएको बताए । कबिता जीको अभिनय प्रतिको इनर्जी देख्दा मलाई नै अचम्म लागेर आउछ “ सुधीरले भने । डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले दर्शकको राम्रै साथ् पाउनेमा नायिका तथा मोडल कबिता राय ढुक्क छिन ।

निर्देशक बिशाल कुमार महराको निर्देशनमा तयार भएको यस गीतमा गोदावरीको रमणीय स्थलमा छायाँकन गरिएको छ । पदम सुबेदीको सम्पादन रहेको यस भिडियोमा कलर करेक्सन मिलन बिश्वकर्माले गरेकाछन् ।