आज ५१५३ जना सँक्रमित हुँदा ६५७० जना कोरोना मुक्त, १०८ सँक्रमितको निधन


ब्युटी न्युज नेपा
काठमाडौं, २५ जेठ,

नेपालमा आज मँगलबार कोरोना भाईरसबाट थप ५ हजार १५३ जनामा संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टिजेन परिक्षण गर्दा ५ हजार १५३ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमित हुनेको सँख्या पिसिआरबाट ५ लाख ९५ हजार ३६४ जना र एन्टिजेनबाट १५ हजार ९४४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएको पनि सो मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको सँख्या ५ लाख ४ हजार ५३० जना पुगेको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा १०८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सँख्या ८ हजार ९८ जना पुगेको छ ।