ब्युटी न्युज नेपाल
काठमाडौं, २५ जेठ

मुटुको समस्याका कारण शुक्रबार काठमाडौंका गँगालाल हृदयरोग केन्द्र अस्पताल भर्ना भएका हास्यब्यँग्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । अचानक मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार राती सो अस्प्तालमा भर्ना भएका थिए ।

मनदकृष्णका छोरा यमनका अनुसार उनलाई आईतबार आइसीयूबाट डिलक्स रुपमा सारिएको छ । अहिले स्वास्थ्य अवस्था ठिक छ । मँगलबार आजसम्म डिस्चार्ज हुुने चिकित्सकहरुले बताएका छन् । शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको छ ।

एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको हो । मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए । उनको डेढ वर्ष मुटुको एन्जियोप्लास्टी गरी एउटा स्ट्यान्ड राखिएको थियो ।