४४७२ जनालाई सँक्रमण हुँदा ६९५१ जना सन्चो, ९२ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ जेठ

नेपालमा आज सोमबार थाप ४ हजार ४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको परिक्षण अन्तर्गत १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३७० र ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ९५१ जना रहेका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना जित्नेको सँख्या ४ लाख ९७ हजार ९६० जना पुगेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको सँख्या ७ हजार ९९० जनाको मृत्यु भईसकेको छ ।