आकाशै राम्रो जुन भन्दै आईन टिका सानु


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ जेठ

निषेधाज्ञाको बीचमा पनि गायिका टिका सानुले आफ्नो स्वरमा नयाँ गीत ल्याएकी छिन् । उनको गीत आकासै राम्रो जुन लाएर….को भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

उनको यो गीत मौलिक लोक लयमा आधारित छ । गीतमा उनलाई स्वरमा सम्झना कडेँल र गायक सुन्दर परियारले साथ दिएका छन् । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।

यो गीतको भिडियो मान सिंह खड्काको निर्देशनमा तयार भएको हो । आकासै राम्रो जुन लाएर गीतको भिडियोमा टिका सानु , सम्झना कडेंल, मान सिंह खड्का, किरण मगर, मनिषा र सजिनाको अभिनय रहेको छ । प्रकाश खड्काको छायाँकन , विनोद बमको सम्पादन यो भिडियोमा रहेको छ ।

गीतमा मायालु जोडी बीचको प्रेमको भावनालाई समेटिएको छ । गायिका टिका सानुले आफनो मायालुको हेराइ आफुलाई निकै मन पर्ने कुरा यो गीतमा ब्यक्त गरेकी छन । यतीबेला गायिका टिका सानु नयाँ तीज गीतको तयारीमा छिन् ।