आज ५३१६ जना सँक्रमित, ७२१९ सँक्रमित मुक्त, १०१ जनाको कोरोनाबाट मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ जेठ

नेपालमा आज बुधबार ५ हजार ३१६ जनामा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको पिसिआरको रिपोर्टमा आज ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमितको सँख्या ५ ला ७१ हजार ९०३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट १०१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ७ हजार ५५५ जना पुगेको छ ।

यस्तै आज ७ हजार २१९ जना कोरोना सँक्रमित कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको सँख्या ४ लाख ६१ हजार ५६३ जना पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।