रवी ओड र स्मिताको आवाजमा राजा रानी…


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ जेठ

मुलुकमा लकडाउन जारी भए पनि गायक गायिकाले युट्युवबाट गीत निकाल्न छाडेका छैनन् । यसै क्रममा नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द भिम विसीको तथा संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियो यतीबेला युट्युवबाट ल्याईएको छ । भिडियोमा कविता श्रेष्ठ, रवी ओड , प्रियंका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ । भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन छ । दिनेश विष्टले यो भिडियोको निर्देशन गरेका हुन् ।