विवेकशिल साझा दलका नेता उज्ज्वल थापाको ४४ वर्षको उमेरमा निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ,

दुई सातादेखि अस्प्तालमा कोरोनाको उपचाररत विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा आज निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको सो अस्प्तालले जनाएको छ ।

अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारा स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।

कोभिड–१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा उनलाई मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘चिकित्सकहरुको अथक प्रयास र सबैको सुभेक्षाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन । मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगा गराउँदछौं ।’ परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेक्षुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।